+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका ११ मध्ये ५ पालिकामा कांग्रेसको प्रारम्भिक अग्रता : ४ वटामा माओवादी, शहिदमा एमाले

4KNationalDaily
२०७९ बैशाख ३१, शनिबार २०:१० बजे

गाेरखा- जिल्लाका स्थानीय तहका पालिका प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कुल ११ स्थानीय तहमध्ये जारी मत परिणमअनुसार कांग्रेसले पाँच स्थानीय तहमा पालिका प्रमुख पदमा अग्रता लिएको हो ।

प्रारम्भिक परिणमअनुसार कांग्रेसले जिल्लाका गाेरखा नगपालिका, सिरानचाेक गाउँपालिका, आरूघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिका र बारपाक-सुलिकाेट गाउँपालिकामा अग्रता लिएकाे हाे ।

कांग्रेसलाई पछ्याउदैं नेकपा माओवादी केन्द्रले जिल्लाका चार स्थानीय तहकाे प्रमुखमा अग्रता लिएकाे छ । माओवादीले गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका, अजिरकाेट गाउँपालिका र धार्चे गाउँपालिकामा अग्रता लिएकाे हाे ।

शहिल लखन गाउँपालिकामा नेकपा एमालले अग्रता लिएकाे छ भने माओवादी केन्द्रले पछ्याईरहेकाे छ । उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाकाे अपडेट पाउन सकिएकाे छैन ।

कांग्रेस

गाेरखा नगरपालिका : राजन राज पन्त- १२४७

बारपाक-सुलिकाेट :  जित बहादुर घले- ४९६

सिरानचाेक :  ज्ञानेन्‍द्र गुरुङ- १५९

भिमसेनथापा :  रोशन गुरुङ- २८२

आरूघाट : राजु गुरुङ- १५३

माओवादी

पालुङटार नगरपालिका : विवस चिन्तन- ६७३

गण्डकी गाउँपालिका : दीपक तिमिल्सिना- ३७८

अजिरकाेट गाउँपालिका : दीपक देवकाेटा- ९५५

धार्चे गाउँपालिका : लक्ष्मण गुरुङ- २४५

एमाले

शहिद लखन : मनोज कुमार जोशी- २६२

[ अपडेट समय ८: २०]

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily