+
Search

ताजा अपडेट +

पपुलर +

वडाअध्यक्ष कुंवरको पहिलो निर्णय : ताप्लेकोट देबी मन्दिर संरक्षण

4KNationalDaily
२०७९ जेष्ठ ११, बुधबार १३:०७ बजे

गोरखा- सेवाग्राहीलाई चुनाव हराउन लाग्ने अनि सिफारिश माग्ने भन्दै विवादमा आएका गोरखा नगरपालिका वडा न १ ताप्लेका वडाअध्यक्ष  हिक्मत बहादुर कुंवरले ऎतिहासिक ताप्लेकोट देबिमंदिर संरक्षण गर्ने घोषणा गरेका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट दोश्रो कार्यकालको लागि निर्वाचित भए संगै पदभार ग्रहण कार्यक्रममा कुवरले सबैभन्दा पुरानो लगभग  ऎतिहासिक र परिचित धार्मिक स्थल ताप्लेकोट देबी मन्दिर संरक्षण गर्ने घोषणा गरेका हुन् ।

वडाकाे गहनाको रुपमा रहेको देबी मन्दिर निर्माणले ऎतिहासिक धार्मिक र पर्यटकीय हिसाबले पनि विकाश हुने भएकाले पहिलो रोजाइमा उक्त स्थानलाई चयन गरिएको उनले बताए ।

वडामा रहेका सबै दलहरुका जनप्रतिनिधिहरु र जनताको सल्लाह र सुझावको आधारमा आफुले वडा बासिहरुकै हितमा काम गर्ने उनकाे दावी छ ।

आफु जनप्रतिनिधि भएर आएकै नागरिकहरुको सेवा गर्नको लागि हो भन्दै सबैलाई समान व्यवहार र छिटो छरितो काम गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily