+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए

4KNationalDaily
२०७९ जेष्ठ १४, शनिबार १२:२१ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई मिच्न चाहनेहरुलाई जनताले स्थानीय निर्वाचनमार्फत् राम्रो जवाफ दिएको बताएका छन्।

शनिबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सो अभिव्यक्ति दिएका हुन्।

‘यो निर्वाचनले एउटा बलियो सन्देश ती सबै तत्वहरुलाई दिएको छ, जसले यो संविधानलाई कुनै न कुनै रुपले मिच्न चाहने, संविधानलाई कमजोर बनाउने वा उल्टाउन चाहने प्रवृत्ति र तत्वहरुको निम्ति जनताले आफ्नै व्यवहारद्वारा, निर्वाचनको प्रक्रियाद्वारा राम्रो जवाफ दिएको छ’, प्रचण्डले भने।

प्रचण्डले हिजो झन्डैझन्डै दुर्घटनामा जान लागेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई ट्र्याकमा ल्याउन सिंगै नेपाली समाज नै एकताबद्ध भएको भन्दै अहिले निर्वाचन प्रक्रिया मार्फत जनताले देखाएको गम्भीरताले गर्दा नेपालले प्राप्त गरेको उपलब्धि दीर्घकालसम्म अगाडि जाने बताए।

‘हुन त यो स्थानीय तहको निर्वाचन हो। अब हामी प्रदेश र संघको निर्वाचनतिर अगाडि बढ्दैछौँ। तर यो निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रियामा, संविधानलाई ट्र्याकमा राखेर यसलाई गतिशील र क्रियान्वयन गर्ने कुरामा कोशेढुंगा हो भन्ने मेरो बुझाइ छ’, उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily