+
Search

ताजा अपडेट +

पपुलर +

केपी ओलीलाई प्रचण्डको प्रश्न : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ ?

4KNationalDaily
२०७९ जेष्ठ १४, शनिबार १२:३१ बजे

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा गरेको टिप्पणीको जवाफ दिने क्रममा प्रचण्डले यस्तो प्रश्न गरेका हुन् । युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डको आरोप छ ।

प्रचण्डले फेरि प्रश्न गरे, ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो । जनतालाई धम्क्याएको कुरा गर्नुभयो । मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु । हामी अहिले जसरी उपस्थित भएका छौं त्यो शान्ति सम्झौतामार्फत् छौं । १२ बुँदे समझादारी हुँदै यही हलमा बसेर ऐतिहासिक सहमति भनेको होइन ? एउटा प्रक्रियामा हामी जान खोज्दैछौं । फेरि यो करा किन ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily