+
Search

ताजा अपडेट +

पपुलर +

पाेखराबाट जाेमसाेम उडेकाे तारा एयरकाे जहाज सम्पर्क बिहिन

4KNationalDaily
२०७९ जेष्ठ १५, आईतवार ११:०४ बजे

पाेखरा- पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियाे ।

१९ यात्रु बाेकेकाे जहाजका पाइलट प्रभाकर घिमिरे रहेकाे यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उक्त जहाज उडेको थियो। मौसम त्यति राम्रो थिएन।’

विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ ।

मौसम खराब भए पनि ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो।

तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो। ताराले विशेष गरी सानो जहाजबाट देशका पहाडी क्षेत्रमा उडान भर्दै आएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily