काठमाडौँ– एनआईसी एशिया बैंकको डिजिटल प्लेटफर्म ‘आइसर्भ’ ले उत्कृष्ट सेवा दिएको बैंकले दाबी गरेको छ।
बैंकको यस्तो डिजिटल प्लेटफर्म जहाँ हरेक ग्राहकले घरमै बसी धेरै भन्दा धेरै सेवा प्राप्त गर्न सक्छन्।
बैंकले आईसर्फ प्लेटफर्म भने कोरोना संक्रमण शुरु हुनुभन्दा पहिलानै ल्याएको हो। कोरोना संक्रमणसँगै यसको प्रयोग भने तीब्र रुपमा बढिरहेको बैंकले जनाएको छ।
कोरोना संक्रमणको लकडाउनको बेला डिजिटलमा कारोबार गर्ने ग्राहकको संख्या ऐतिहासिक उच्चतम विन्दुमा रहेकोे थियो। बैंकले ल्याएको डिजिटल प्लेटफर्म ‘आइसर्भ’ले आफ्ना ग्राहकलाई डिजिटल सेवा दिन धेरै सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए।
कोभिड–१९ सुरु भएपछि लकडाउन भयो। यसले गर्दा घरबाटै सेवा लिने ग्राहकको संख्या ह्वात्तै बढ्यो। ग्राहकको चाप डिजिटल कारोबारमा बढेपछि बैंकले यस प्लेटफर्मलाई अझ परिस्कृत गरेर अगाडि ल्याएको जनाएको छ।
बैंकले घरमै बसेर आईसर्भबाट सेवा लिने ग्राहकलाई थप सहुलियत पनि उपलब्ध गराएको जनाएको छ। आफ्ना ग्राहकलाई आईसर्भमा जोडिएर कारोबार गर्न बैंकले स्किमसहित प्रेरित गरिरहेको छ।
बैंकका अनुसार अहिले एन आई सी एशिया बैंकको मोबाइलबाट हुने कारोबारको संख्या उच्च छ। यो सँगै बैंकको वेबसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा पनि ग्राहकलाई जोड्ने काम बैंकले गतिशील रुपमा गरिरहेको छ।
आईसर्भमा उपलब्ध सेवाहरू
बैंकका अनुसार आईसर्भ प्लेटफर्म बैंकको वेवसाइट र बैंकको मोबाइल एप (एन आई सी एशिया मोबैंक) बाट प्रयोग गर्न सकिन्छ। डिजिटल कारोबार गर्दा सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हुन्छ । एन आई सी एशिया बैंकले पनि आफ्ना ग्राहकको कारोबारमा कुनै पनि जोखिम नहोस् भनेर सुरक्षालाई विशेष ध्यान दिएको छ।
कारोबार सधै सुरक्षित होस् भनेर नै बैंकले विभिन्न तहमा यसको प्रणालीको विकास गरेको छ। जस्तो कि आईसर्भमा उपलब्ध कुनै पनि सेवा प्रयोग गर्दा ग्राहकको मोबाइलमा ओटिपी भेरिफिकेसन कोड आउँछ। उक्त कोडको प्रयोग गरेपछि मात्र यो सेवा उपभोग गर्न पाइन्छ। जसले आफ्ना सेवाहरूलाई अझबढी विश्वासिलो बनाएको छ।
आइसर्भभित्र मुख्य चारवटा डोमेनहरू मोबाइल बैंकिङ्ग सेवा, कस्टुमर सर्भिस, टेलर सर्भिस र कार्ड सर्भिस छन्। यिनै चारवटा सेग्मेन्ट भित्र विभिन्न २४ वटा सेवाहरू उपलब्ध छन्।
प्रतिक्रिया