+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय निर्वाचन मंसिरमै गर्ने निर्वाचन आयोगकाे तयारी

4KNationalDaily
२०७९ जेष्ठ १८, बुधबार २०:४७ बजे

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १५ अगाडि प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन सम्पन्न गर्नेगरी तयारीमा लागिसकेको बताएका छन्।

संसदीय निर्वाचन आगामी मंसिर १० भित्रै सम्पन्न गरिसक्नुपर्ने आयोगको निष्कर्ष रहेकाे उनले बताएका हुन्। तर, यसबारे सरकारलाई आयोगले अहिले नै मिति प्रस्तावित गरिनसकेको उनकाे दावी छ।

‘आयोग मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचनको लागि आन्तरिक तयारीमा लागिसकेको छ,’ उनले भने, ‘कर्मचारी व्यवस्थापनदेखि कार्यविधि बनाइरहेको छ।’

उनले भने, ‘चुनावी मितिबारे अहिल्यै परामर्श दिइहाल्नु अलिकति छिटो हुने हुनाले निर्वाचन अवधिका लागि तोकिएको १२० दिनअगावै मितिसहित परामर्श दिने गरी तयारी अवस्थामा रहेको छ।’

संविधानविद्ह‍रुले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भनेर विवाद गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलिया भने मंसिरभित्रै निर्वाचन हुनुपर्ने गरी आयोगले मिति प्रस्ताव गर्ने बताउँछन्।

यसैबीच अर्को एक उच्च राजनीतिक स्रोतले आगामी कात्तिक २६ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्नुपर्ने मिति गठबन्धनका नेताहरुले प्रस्तावित गरेका छन्। यो मितिबारे औपचारिकरुपमा नभए पनि अनौपचारिक रुपमा आयोगसम्म पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily