+
Search

ताजा अपडेट +

पपुलर +

गोबिन्द भट्टको ‘सुन माया’ सार्वजनिक, योगिशा र शुभमको प्रेम

4KNationalDaily
२०७९ जेष्ठ २०, शुक्रबार १०:५८ बजे

गोरखा- काठमाडौंमा बिहिबार एक कार्यक्रमका बीच सुनमाया गित र भिडियो सार्वजनिक गरिएको छ । गायक रबि ओड र बेनिशा पौडेलको सुमधुर स्वरमा सजिएको गीतलाई गरिमा फिल्मले भिडियो तयार पारेको छ भने देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

गीतमा लामो समय देखि कलाकारिता क्षेत्रमा सक्रिय गोरखाली युवा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज गरेका हुन् ।

भिडियोमा पछिल्लो समय चर्चामा रहेका बाल कलाकारहरु शुभम आचार्य र योगिशा खत्रीको उत्कृष्ट अभिनय रहेको छ । उनीहरुबीचको टिनएज प्रेमलाई भिडियोमा आकर्षक तवरले देखाउन खोजिएको छ । भिडियोलाई नवराज उप्रेतीले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।

आयोजित कार्यक्रममा बोल्दै गायक ओड र पौडेलले गीत संगीतलाई माया गर्न दर्शक, श्रोतालाई अनुरोध गरे । गीतमा नयाँ बालकलाकार रहेकोले गित संगै भिडियो पनि उत्कृष्ट बनेको बताए ।

त्यस्तै कार्यक्रममा गीतकार, संगीतकार तथा प्रोड्युसर भट्टले यसपटक भिडियोमा आफूहरुले फरक टेस्ट दिने प्रयास गरेको बताए । निर्देशक पाण्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा–युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए ।

निर्माता भट्टले थुप्रै म्युजिक भिडीयो निर्माणका साथसाथै शब्द संगीत र अभिनय समेत गर्दै आएका छन् थुप्रै भिडियो बजारमा ल्याइसकेका भट्टले आफ्ना हरेक भिडियोमा केही न केही फरकपन देखाउन उत्कृष्ट गित र भिडियो निर्माण गर्दै आएका छन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily