+
Search

ताजा अपडेट +

पपुलर +

अवैध रुपमा आएको रासायनिक मल धादिङका किसानले लुटे

4KNationalDaily
२०७९ असार ४, शनिबार २०:०० बजे

काठमाडौं– भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको मल धादिङमा किसानले कब्जामा लिएर वितरण गरेका छन्।

धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६को धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जामा लिँदै आपसमा वितरण गरेका हुन्।

भारतबाट भन्सार छली गरेर ल्याइएको र राजस्व विभागले कब्जामा लिएर काठमाडौं लैजान लागेको भन्दै किसानले कब्जामा लिएका थिए।

दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूले किसानलाई मलको सूचना लिक गराएका थिए। लगत्तै करिब ५०० जति किसान जम्मा भएर राजस्व विभागका कर्मचारीकै सामुन्ने मल लिएर हिँडेका हुन्।

राजस्व अनुसन्धान विभागका एक कर्मचारीका अनुसार विभागले छापा मार्ने सूचना पाएपछि व्यापारीहरुले स्थानीय किसानलाई खबर गरेका थिए। त्यसपछि करिब ५ सय स्थानीयले पृथ्वी राजमार्गको बीच सडकमै मलको ट्रक नै कब्जामा लिएर खोसेका हुन्।

व्यापारीहरूले भन्सार छली गर्दै धादिङका स्थानीय बजारमा कालोबजारी गर्दै मल बेच्दै आएको सूचना पाएपछि राजस्व विभागको टोली पुगेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily