+
Search

ताजा अपडेट +

पपुलर +

‘सम्झना–बिर्सना’ को हाँस्ने खेल्ने बेलैमा पूजा र आकाश

4KNationalDaily
२०७९ असार ५, आईतवार १९:१५ बजे

काठमाडौँ- प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ मा समाबेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत शनिबार राजधानीमा प्रेसमिट गरि सार्वजनिक गरिएको छ।

असार ३१ गते प्रदर्शन हुने गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर तथा अर्जुन पोखरेलको शब्द, संगीत छ। रामजी लामिछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर छन्।

‘डान्सिङ्ग फ्लेभर’ को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन्। भक्तपुर दरबार स्क्वायरलाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत सार्वजनीक भएको २४ घण्टा नबित्दै युट्युव म्युजिकको १५ नम्बर ट्रेनिङमा परेको छ। दर्शक, स्रोताले अधिक मन पराइरहेको यस गीतको टिकटक पनि निकै बनिरहेको छ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको गीत सार्वजीक कार्यक्रममा आकाश, पूजा, निर्देशक निमेष, निर्माताद्वय अद्वितिय–रेविका, संगीतकार अर्जुन पोखरेल, छायाँकार शिव ढकाललगायतका कलाकार तथा प्राबिधिक उपस्थिति थिए।

सबैले आफूहरुले ‘सम्झना–बिर्सना’ निर्माणमा निकै मेहनेत र मन लगाएको बताए। उनीहरुले दर्शकको मनोरञ्जनका लागि आफूहरु जतिसुकै मेहनेत गर्न पनि पछि नपरेको दावी गरे। गीत बुढा सुब्बा डिजिटलमा अप्लोड छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily