काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममा व्यवस्थित र समुन्नत महानगर बनाउने योजना प्राथमिकताका साथ उल्लेख गरिएका छन्।
मेयर साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐला’ लाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, पानी पुनर्भरणका लागि सबै कार्यालयहरुका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाउने, महानगरमा ‘एम्फी थिएटर’ बनाउने, महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने, काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्नेदेखि लिएर फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्नेसम्मको उल्लेख छ ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ
[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/बार्षिक-समिक्षा-बजेट-२०७९-१.pdf”]
प्रतिक्रिया