+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी गाउँपालिकाले ल्यायो ६६ करोड ११ लाखको बजेट, `एक वडा एक गौरवको योजना´ निर्माण गर्ने

4KNationalDaily
२०७९ असार १२, आईतवार १३:२६ बजे

गोरखा- गण्डकी गाउँपालिकाले ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको गाउँसभामा नीति तथा कार्यक्रमसहित ६६ करोड बढीको बजेट ल्याइएको हो ।

सभामा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँ पेश गरेकी हुन् ।

जसमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान १४ करोड ९१ लाख, शसर्त अनुदान २६ करोड, ६३ लाख, र समपूरक अनुदानतर्फ ८० लाख रहेको छ । त्यस्तै विशेष अनुदानतर्फ २ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ८ करोड ९६ लाख १ हजार गरी जम्मा ५३ करोड ९६ लाख १ हजार रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तिय समानीकरण अनुदान १ करोड ८२ लाख ५९ हजार, शसर्त अनुदानतर्फ ५० लाख, र समपूरक अनुदान ८० लाख, राजश्व बाँडफाँटतर्फ ७२ लाख ३४ हजार गरी जम्मा ३ करोड ८४ लाख ९३ हजार प्राप्त हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

बजेटमा गौरवका योजना अनुसार हरेक वडाबाट पालिका केन्द्रसम्म जोड्ने सडकको स्तरोन्नतीको लागी बहुवर्षीय गौरवको योजना शुरु गरेको छ । जसअनुसार हरेक वडामा ५० लाख रकम विनियोजित गरेको छ ।

यसलाई बहुवर्षीय योजनामा राख्दै पालिका केन्द्रसम्म कालोपत्रे गर्ने योजना सहित कार्यक्रम ल्याइएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily