गोरखा– जिल्ला सदरमुकाम स्थित हरमटारी रंगशालामा क्रिकेट अभ्यासका लागि निर्माण गरिएको पिचको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले उक्त पिचको उद्घाटन गरेका हुन् ।
गोरखकाली ब्रदर्स र हरमटारी क्लवको सयुक्त लगानीमा पिच निर्माण भएको हो । अध्यक्ष बस्नेतले गोरखामा क्रिकेट खेलको विकासका लागि जिल्ला खेलकुद बिकास समिति समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।
क्रिकेटको पुर्वाधार निर्माणलाई पनि समितिले प्राथमिकतामा राख्ने उनले बताए ।
गोरखकाली ब्रदर्स क्लवका अध्यक्ष आशिष श्रेष्ठले जिल्लामा क्रिकेट खेलको विकासका लागि अभ्यास गर्ने ठाउँको रुपमा पिच निर्माण गरिएको बताए ।
‘विभिन्न ठाउँ ठाउँमा जिल्लास्तर देखि राष्ट्रिय स्तरमा क्रिकेट खेल भइरहेको छ, हाम्रोमा क्रिकेट सम्बन्धी कुनै पनि गतिविधी भएको छैन,’ उनले भने, ‘त्यसैले एउटा अभ्यास गर्ने ठाउँ बनाउनुपर्छ भन्ने सोचेर काम थालेका थियौँ, आज पुरा भयो ।
’क्रिकेट खेल अभ्यास गर्ने पिच निर्माण भएसँगै क्रिकेट खेल्न रुची भएकाहरुले अभ्यास गर्न सक्ने गोरखाली ब्रदर्शका टिम क्याप्टेन बिशाल श्रेष्ठले बताए ।
क्रिकेट खेल्ने पिच, नेट, फलामको पाइप, दुई वटा क्रिकेट सेट सबै गरेर एक लाख ९० हजार लगानी भएको उनले जानकारी दिए ।
अब जिल्लामा क्रिकेट खेलकुदको विकास लागि अन्य पुर्वाधार पनि निर्माण हुनुपर्ने हरमटारी क्लवका महासचिव किरण ढकालले बताए ।
गोरखाको क्रिकेटलाई नयाँ उचाई पु¥याउने लक्ष्यका साथ क्रिकेट अभ्यास गर्ने पिच निर्माण गरिएको उनको भनाइ छ । जिल्लामा क्रिकेटको विकासका लागि क्यानमा दर्ता गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया