गोरखा– नवौँ जिल्लस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गोरखा नगरपालिकाले जितेको छ ।
एथलेटिक्स, तेक्वान्दो, कबड्डी, भलिबललगायत ४४ वटा विधामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोरखाले जित निकालेको हो ।
प्रतियोगितामा गण्डकी गाउँपालिका दोस्रो हुन सफल भएको छ । ९ स्वर्ण, ११ रजत र १२ कास्य गरी ३२ वटा पदक जितेको गण्डकी दोस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।
७ स्वर्ण, ११ रजत र १२ कास्यसहित ३० पदक जितेको बारपाक सुलिकोट गाउँपालिले तेस्रो स्थान हात पारेको छ । यसैगरी प्रतियोगितामा सहभागी भिमसेन थापा र धार्चे गाउँपालिकाले दुई/दुई स्वर्ण जितेन सफल भएको छ ।
चुमनुब्री गाउँपालिका, अजिरकोट, पालुङटार नगरपालिकाले एक/एक स्वर्ण जितेको आयोजकले जनाएको छ ।
सिरानचोक, शहिद लखन र आरुघाट गाउँपालिकाले बर्खाका कारण तयारी नपुगेको भन्दै प्रतियोगितामा सहभागिता जनाएको थिएनन् । गत १९ गतेदेखि जारी प्रतियोगिता हिजो सम्पन्न भएको हो ।
प्रतियोगितामा विजेता भएका ७७ जना खेलाडीहरूले गण्डकी प्रदेशस्तरीय प्रतियोगिता खेल्न पोखरा जाने भएका छन् । २३ र २४ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी छ ।
प्रतिक्रिया