+
Search

ताजा अपडेट +

पपुलर +

जनार्दन शर्मा भन्छन्- मैले ल्याएको बजेट कार्यान्वयन भए माओवादीले २७० ठाउँ जित्छ

4KNationalDaily
२०७९ असार २३, बिहीबार २०:२१ बजे

काठमाडौं– अर्थमन्त्रीबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादीको महाधिवेशनले निर्देशित गरेबमोजिम समाजवादी क्रान्तिको आधार तय गर्ने बजेटलाई सेबोटेज (ध्वस्त) गर्न आफ्नो राजीनामा गराइएको दाबी गरेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्बोधन गर्दै शर्माले आफूले ल्याएको बजेट कार्यान्वयन हुने हो भने अब माओवादीले २७० ठाउँ जित्ने बताए । उनले माओवादीको नीति लागू हुने भयो भनेर एमालेले षड्यन्त्र गरेको आरोप लगाए ।

उनले भने, ‘अध्यक्ष कमरेडले १७० भन्नुहुन्थ्यो, म भन्छु यो बजेट कार्यान्वयन भयो भने २७० आउँछ । संसदमा हिजो पनि जुन ढंगले अट्याक भयो, त्यसमा हाम्रो अगाडि लिडरशीपको रोबाट उठेर ठाउँको ठाउँ प्रतिवाद गर्नुपर्थ्यो । सभामुखले पनि समय दिनुभएन हाम्रा साथीहरुलाई । सभामुखले समय दिनुपर्थ्यो ।’

शर्माले बजेटमाथि भएको हमलाको सामूहिक प्रतिरोध गर्न बैठकलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily