+
Search

ताजा अपडेट +

पपुलर +

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक

4KNationalDaily
२०७९ श्रावण २१, शनिबार २०:५० बजे

काठमाडौं– पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो।

फिल्मको ट्रेलरमा पूजा र आकाशको प्रेमका बीचमा अभिनता सुनम तोप्देनको प्रवेश भएको देखाइएको छ। त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित रहेको यो फिल्मबाट तोप्देनले फिल्म क्षेत्रमा डेब्यु पनि गर्दैछन्।

फिल्मको कथा यीनै तीन पात्रका बीचमा घुमेको निर्माण पक्षले बताएको छ। फिल्मको ट्रेलर पनि यीनै तीन कलाकारको सेरोफेरोमा रहेको छ।

फिल्मलाई एबी इन्टरनेसनलको ब्यानरमा निर्माण गरिएको हो। महेश दवाडीले लेखेको पटकथामा आधारित फिल्ममा शर्मा, श्रेष्ठ र तोप्देनबाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारको पनि अभिनय रहेको छ।

फिल्म भदौ १७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने छ।

ट्रेलर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily