+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस शीर्ष नेताको बैठक : गठबन्धनमा ६०–४० को तालमेल गर्न सुझाव

4KNationalDaily
२०७९ श्रावण २३, सोमबार १५:२८ बजे

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँट गर्नुपर्नेमा कुरा उठेको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने कांग्रेस नेताहरूको भनाइ थियो ।

बैठकमा भएको छलफलबारे ती नेताले भने, ‘जहाँ स्वाभाविक छ । त्यो ठाउँमा मत ट्रान्सफर गराउन पनि सजिलो हुन्छ ।’ सहमहामन्त्री किशोर राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव लगायतले दुई वटा कुरामा ध्यान दिनुपर्ने बताएका थिए ।

‘गठबन्धन जोगाउनु पनि पर्नेछ । साथै सिटको तालमेल गर्दा स्वाभाविक खालको बनाउनुपर्छ,’ नेताहरूले भनेका थिए, ‘त्यसो गर्दा तलको साथीहरूले स्वीकार गर्छन् । अस्वाभाविक गर्दा स्वाभाविक हुने नेताहरूको भनाइ छ ।

तर बैठकमा सहभागी एक नेताका अनुसार आज माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको कुरा सुनेर मात्र आफ्नो प्रस्ताव राख्ने बैठकले निष्कर्ष निकालेको छ ।

यस्तै बैठकमा नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सामेल गराउँदा राम्रो हुने बताएका थिए ।

‘लोसपालाई पनि गठबन्धनमा ल्याउँदा राम्रो हुन्छ । मधेसमा एमाले र लोसपाको गठबन्धन रोक्न पनि हामीले उदार हुनुपर्छ,’ उनले बैठकमा भनेका थिए ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।

प्रदेशमा पनि कर्णाली बाहेकमा कांग्रेसले एकल बहुमत आउने गरी दाबी प्रस्तुत गरेको छ। एक्लै बहुमत नजिक पुग्ने कांग्रेसको दाउ र आफ्नो समर्थन बिना बहुमतमा जान नदिने माओवादी र समाजवादीको रणनीति देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily