+
Search

ताजा अपडेट +

पपुलर +

नमस्ते पेले सुरु गर्‍यो ‘लोयल्टी पोइन्ट्स’, सय रुपैयाँ खर्चमा २ क्वाइन पाइने

4KNationalDaily
२०७९ श्रावण २४, मंगलवार ०९:१४ बजे

काठमाडौँ- भुक्तानी सेवा प्रदायक नमस्ते पेले आफ्नो एपमा लोयल्टी कार्यक्रम सुरु गरेको छ।

कम्पनीले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकम हेरेर क्वाइन प्रदान गर्ने सेवा सुरु गरेको हो। यसअनुसार सय रुपैयाँ खर्च गर्दा २ एनपी क्वाइन/पोइन्ट पाइनेछ।

आठ एनपी पोइन्ट्स वा क्वाइनको मूल्य एक रुपैयाँ हुनेछ। सेवा प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले एनपी पोइन्ट्स संकलन गर्न सक्ने र नमस्ते पेमा उपलब्ध लोयल्टी पोइन्ट्समा आकर्षक प्रस्तावहरु समावेश गरिएको कम्पनीले जनाएको छ।

एनपी क्वाइन प्रयोग गरी विभिन्न भ्वाइस डेटा प्याक, टप रिडिम गर्न सकिने कम्पनीले जनाएको छ। विभिनन कुपन/अनलाइन शपिङ भौचर जित्ने मौका, विशेष अवसरमा प्रयोगकर्ताले एनपी पोइन्टहरुलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रुपमा रुपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरु, होटलहरु, ट्रिपहरु र थप डिजाइन गरिएका अभियानमा समेत प्रयोगकर्ताले एनपी पोइन्ट्स रिडिम गर्ने मौका पाउने कम्पनीले जनाएको छ।

नमस्ते पे नगदरहित समाज सिर्जनामा भूमिका खेल्ने उद्देश्यले स्थापना गरिएको डिजिटल भुक्तानी सेवा हो।तिक्रिया

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily