काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् । आज टिचिङ अस्पताल पुगेर साहले निहारिकालाई भेटेका हुन् ।
भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन् ।
उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने रु यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’
बालेनले निहारिकासँग करिब १० मिनेट कुराकानी गरेका थिए । निहारिकाको संघर्षमा आफ्नो सहयोग र सद्भाव रहने प्रतिवद्धता उनले जनाए । मुद्दाको अवस्थाबारे जिज्ञासा राख्दै कानूनी सहायता गर्ने आश्वासन पनि बालेनले दिए ।
निहारिकाले बालेनसँग आफुलाई न्याय मात्रै चाहिएको भन्दै यसमा सहयोग गरिदिन आग्रह गरिन् ।
प्रतिक्रिया