+
Search

ताजा अपडेट +

पपुलर +

मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’

4KNationalDaily
२०७९ भाद्र ३, शुक्रबार २१:१४ बजे

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहक माझ ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ ल्याएको छ।

मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन्।

त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन्।

बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. १ लाखदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ।

यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ।

आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकहरुलाई मेगा बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily