+
Search

ताजा अपडेट +

पपुलर +

सनराइज बैंकले पायो एक्सिलेस इन प्रडक्ट इनोभेसन अवार्ड

4KNationalDaily
२०७९ भाद्र १७, शुक्रबार १७:४६ बजे

काठमाडौं– सनराइज बैंकले एक्सिलेस इन प्रडक्ट इनोभेसन २०२२ अवार्ड जितेको छ । बैंकले भिसा इन्टरनेसनलबाट यो अवार्ड प्राप्त गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाललाई अवार्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्क भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।

बैंकले नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा दिंदै आएको छ । प्रविधियुक्त विभिन्न सेवा सुविधा समेत दिंदै आएको कम्पनीको भनाइ छ । बैंकले अहिलेसम्म ३ लाखभन्दा बढी भिसा कार्ड जारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily