+
Search

ताजा अपडेट +

पपुलर +

जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड एकाएक किन भए भावुक ? यस्तो छ कारण !

4KNationalDaily
२०७९ भाद्र २९, बुधबार ११:२० बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा आफु भएपनि एक्लो महसुस हुन थालेको बताएका छन् ।

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यू’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौँ भन्ने अनुभुति हुन थालेको भए पनि अहिले एक्लो महशुस हुन थालेको प्रचण्डले बताए ।

‘जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महशुस हुन थालेको छ ।’ प्रचण्डले भने ।

अहिलेको अवस्था जे–जस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको प्रचण्डले बताए ।

‘जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौँ यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन् हुन नसकेको र यसको महत्वलाई बुझाउन सकिएन ‘ प्रचण्डले भने ।

युद्धमा सहभागीहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने प्रचण्डको भनाइ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily