+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा जिल्लाकै सर्बाधिक राशिको भलिबल प्रतियोगिता बोर्लाङमा हुँदै !

4KNationalDaily
२०७९ भाद्र ३१, शुक्रबार १८:२२ बजे

गोरखा- गोरखा जिल्ला बोर्लाङमा अहिलेसम्म कै सर्वाधिक पुरस्कार भएको भलिबल प्रतियोगिता हुने भएको छ ।

बोर्लाङ्ग खेलकुद बिकास समितिको आयोजनामा १ लाख ३० हजार पुरस्कार भएको भलिबल प्रतियोगिता हुन लागेको हो ।

असोज १२ गतेदेखी १६ गतेसम्म ५ दिनसम्म गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भविबल प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

प्रतियोगिता अवधिमा ३५ बर्ष माथिका भेटेरान्स पुरुष भलिबल प्रतियोगिता पनि हुने समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी गराउनु भयो।

प्रतियोगितामा आयोजकको टिम सहित ११ जिल्लाका गरी १२ टिमको सहभागीता रहने छ । पुरुष तर्फको खेलमा प्रथम, द्वितिय, तृतिय र चौथो पुरस्कार स्वरुप बिजेताले क्रमश. १ लाख ३० हजार, ७० हजार, ३५ हजार र १५ हजार सहित मेडल र कप प्राप्त गर्ने छन् ।

सोही अवधिमा महिला तर्फको खुल्ला भलिबल प्रतियो्िगता समेत हुने छ । महिला तर्फ पनि १२ टिमलाई मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

महिला तर्फ भने प्रथम, द्वितिय, तृतिय र चौथो हुनेले समूहले क्रमश.७०, ४०, २० र १० हजार सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भेटेरान्स तर्फ भने प्रथम र द्वितियको लागि मात्र उपहारको ब्यवस्था गरिएको छ । खेलमा प्रथम र द्वितिय हुनेले क्रमश. ४० र २५ केजीको खशी सहित कप र मेडल पाउनेछन् ।

त्यस्तै गरी, खेल अवधिभर पुरुष तथा महिला तर्फ राम्रो खेल प्रर्दशन गर्ने वेष्ट प्लेयर, स्पाईकर, ब्लकर, डिफेन्डर, सर्भर, सेटर र कोचलाई पनि मायाँको चिनो सहित नगद पुरस्कारले सम्मान गर्ने कार्यक्रम तय भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

खेल अवधिभरमा २१ लाख ३२ हजार खर्च हुने अनुमान गरिएको छ ।

जसका लागि हालसम्म सोही क्षेत्रबाट बैदेशिक रोजगारीमा गएकाहरुबाट ५ लाख ५० हजार, भीमसेन थापा गाउँपालिकाबाट २ लाख, वडा नम्बर ७ र ८ बाट २ लाख तथा स्थानिय क्लबका लागि खेलकुद शिर्षकमा छुट्टाएको ५० हजार गरी कुल १० लाख ५० हजार संकलन भई सकेको पनि आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily