काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड गिरोनासँग बराबरीमा रोकिएको छ। आइतबारको खेलको ७० औं मिनेटमा भिनिसस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
यद्यपि खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमार्फत क्रिस्टियन स्युआनीले बराबरी गोल फर्काएका थिए। खेलमा थप गोल हुन सकेन र रियल बराबरीमा रोकिएको हो।
त्यस्तै खेलको इन्ज्युरी समयमा रियल मड्रिडका टोनी क्रुज रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। यससँगै रियल लिगको शीर्षस्थानमा फर्किएको छ। रियलले १२ खेलबाट ३२ अंक हात पारेको छ।
त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाले समान खेलबाट ३१ अंक हात पारेको छ।
प्रतिक्रिया