+
Search

ताजा अपडेट +

पपुलर +

मलाई स्वतन्त्र उम्मेदवारहरूको चुनौती छैन : ऊर्जामन्त्री भुसाल

4KNationalDaily
२०७९ कार्तिक ३०, बुधबार १९:२६ बजे

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको दाबी गरेकी छन् ।

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर- ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरूको चुनौती नभएको भन्दै सहज जित हात पार्ने दाबी गरिन्।

उनले आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका काम हेरेर जनताले मत दिने बताइन्। जनताले कुनै पनि काम नगरेकाहरूलाई मत नदिने उनले बताइन्।

मन्त्री भुसालले राजनीतिक परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरूलाई जनताले मत नदिने उल्लेख गरिन्।

‘मेरो दुई कार्यकाल हेरेर उहाँहरूले दिन सक्नुहुन्छ, गर्नसक्ने मान्छे भनेर। गर्दै नगरेका मान्छेलाई के हेरेर दिने? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरूको कुनै सकारात्मक भूमिका छ। कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन,’ उनले भनिन्, ‘अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन। म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन। मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरूको क्षेत्र हो।’

एउटा व्यक्ति असल भए पनि काम पनि दलीय राजनीतिविना सम्भव नहुने उनले बताइन्।

‘एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ । तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन,’ उनले भनिन्, ‘देशमा दलीय राजनीति बलियो छ। सबै राजनीतिक दलहरूको पार्टी संरचना स्थानीय तहसम्म पुगेकाले जनताले पार्टी हेरेर भोट दिन्छन्।’

मन्त्री भुसालले जनताले चुनाव जित्ने र सरकार बनाउने पार्टी हेरेर मत दिने बताइन्। ‘आफैँ १ सय ३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा कोही स्वतन्त्र पुग्ने धरातल छैन,’ उनले भनिन्।

उनले युवाहरू राजनीतिमा आउँदा विचार, चिन्तन र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्ने सुझाव दिइन्। अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोशले मात्रै राजनीतिले गति लिने उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily