+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबी बैंकको ‘मान्यजन बचत खाता’मा उच्चतम ब्याजदर

4KNationalDaily
२०७९ मंसिर २, शुक्रबार १८:१६ बजे

काठमाडौँ- एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बनाइएको बैंकले जनाएको छ।

९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily