+
Search

ताजा अपडेट +

पपुलर +

खल्तीले ल्यायो वर्ल्डकप टिभी प्याकेज जित्ने अफर

4KNationalDaily
२०७९ मंसिर २, शुक्रबार १८:१७ बजे

काठमाडौँ- खल्तीले वर्ल्डकप टिभी प्याकेज ल्याएको छ। कम्पनीले ५ सय ६५ रुपैयाँ (भ्याटसहित)मा यो प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १,००० वर्ल्ड कप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको हो।

खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्व कप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्व कप टिभी प्याकेज खरिदमा १०० प्रतिशत क्यासब्याक पाउनेछन्।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले विश्वभर सबैभन्दा धेरै हेरिने खेलकुद इभेन्टहरूमध्ये यसको क्रेजलाई ध्यानमा राख्दै प्रत्येक नेपालीको घरघरमा यो सेवा तत्काल उपलब्ध गराउने सुनिश्चित गर्न डिजिटल भुक्तानीको सुविधा दिन पाउँदा खुसी लागेको बताए।

उनले भने, ‘यसको शीर्षमा, मलाई विश्वास छ कि हाम्रा प्रस्तावहरू र उपहारहरूले यस विश्वकपको सिजनलाई थप आकर्षक र रमाइलो बनाउनेछ।’

खल्ती एप भित्र नेट टिभी लगायतका अन्य टिभि प्रदायकहरूको वर्ल्डकप टिभी प्याकेजहरू उपलब्ध छन्।

अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताहरूले सक्नेछन् भने लक्की ड्रको लागि योग्य हुन केवाईसी भेरिफाइड अनिवार्य रहेको खल्तीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily