+
Search

ताजा अपडेट +

पपुलर +

मतदानपछि घनश्याम भुसालले भने- संविधान र गणतन्त्र ‘लिक’मा आएको छ

4KNationalDaily
२०७९ मंसिर ४, आईतवार १२:०३ बजे

काठमाडौं- एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले मतदान गरेका छन्। मतदानपछि उनले संविधान र लोकतन्त्र ‘लिक’मा आएको बताएका छन्।

‘आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ। संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउनेछ’, भुसालले फेसबुकमा लेखेका छन्।

भुसालसँग एमालेका सचिव छविलाल विश्वकर्मा पनि प्रतिस्पर्धामा छन्। भुसालले चार दशक लामो पार्टी आबद्धता अन्त्य गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily