+
Search

ताजा अपडेट +

पपुलर +

मत खसाउँदै राजेश हमालले भने- पाँच वर्षपछि राजनीतिमा आउँछु होला

4KNationalDaily
२०७९ मंसिर ४, आईतवार १३:०१ बजे

काठमाडौं– अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेका छन् । लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान भोट खसाएका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने बताए ।

उनले भने, ‘यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्छ । त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो ।’

त्यसो भए तपाईं पनि राजनीतिमा आउने हो ? भन्ने पत्रकारको प्रश्नमा हमालले सकारात्मक जवाफ दिए ।

‘म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily