+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल विजयी

4KNationalDaily
२०७९ मंसिर ६, मंगलवार २१:३४ बजे

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो। जसमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्।

यद्यपि, निर्वाचन आयोगले औपचारिक रुपमा भने घोषणा गर्न बाँकी छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए।

२३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। तेस्रो भएको विवेशशील साझाका उम्मेदवार स्व. उज्वलबहादुर थापाले ६ हजार ८५३ मत ल्याएका थिए।

२०७४ मा सम्पन्न निर्वाचनमा उनी तनहुँ–२ ‘क’ मा मात्र ५ मतले प्रदेशसभा सदस्यमा पराजित भएका थिए। नेकपा माओवादी केन्द्रकी नेतृ आशा कोइराला १६ हजार ६४६ मतले प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily