+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यका विकास प्राधिकरणको निर्देशन: ३५ दिनभित्र अवैध संरचना हटाउनू

4KNationalDaily
२०७९ मंसिर १४, बुधबार १६:२१ बजे

काठमाडौँ– काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा अवैधरूपमा अतिक्रमण गरी बनाएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

प्राधिकरणले बुधबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो।

प्राधिकरणले तोकिएको मितिभित्र नहटाए काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम संरचना हटाउँदा वा भत्काउँदा लागेको सम्पूर्ण लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily