+
Search

ताजा अपडेट +

पपुलर +

फेरि घट्यो सेयरबजार, ८४ करोडको मात्र किनबेच

4KNationalDaily
२०७९ मंसिर १४, बुधबार १६:२५ बजे

काठमाडौँ– सेयरबजारमा आज पनि सूचक र कारोबार रकम घटेको छ। नेप्से ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा आइपुगेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार २३८ कम्पनीको सेयर कारोबार भएको दिन २३ लाख ५५ हजार कित्ता मात्र खरिदबिक्री भएको छ। यो भनेको ८४ करोड २६ लाखको मात्र सेयर कारोबार हो।

आज लगानीकर्ताले ४.१७ प्रतिशतसम्म कमाएका छन् भने ५.७६ प्रतिशतसम्म गुमाएका छन्।

नेप्सेका अनुसार आज पनि हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४ करोड ७९ लाखको सेयर किनबेच भएको हो। त्यसपछि क्रमशः नबिल बैंक, नेष्डो लघुवित्त, शिवम् सिमेन्टको धेरै कारोबार भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily