+
Search

ताजा अपडेट +

पपुलर +

चुनावपछि फ्रेस हुन छोरीहरुसहित ‘सुकुटे’ पुगे प्रचण्ड

4KNationalDaily
२०७९ मंसिर १४, बुधबार १७:४१ बजे

काठमाडाैं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् ।

अध्यक्ष प्रचण्डसँग सभामुख अग्नि प्रसाद सापकोटा सहित उनको परिवारका सदस्यहरू सुकुटे पुगेका प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए । अध्यक्ष दाहालको पारिवारिक भ्रमण मात्रै रहेको निजी सचिवालयले जानकारी दिएको छ।

अध्यक्ष दाहाल ले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ। दाहाल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily