+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीले भन्यो– सरकार निर्माणमा एमालेसँग पनि छलफल गर्नेगरी सबै विकल्प खुला छन्

4KNationalDaily
२०७९ मंसिर १७, शनिबार १७:५९ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए ।

उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको उनले बताए ।

बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।

बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।

राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर, भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily