+
Search

ताजा अपडेट +

पपुलर +

महजोडीदेखि अस्मितासम्मको आवाजमा प्रेरक गीत ‘आउ साथी’

4KNationalDaily
२०७९ मंसिर १९, सोमबार २१:२५ बजे

काठमाडौँ– अपांगता भएका व्यक्तिहरुको विषय वरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।

‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान’ भन्ने मूल नारालाई आत्मसात गर्दै चेतनामुलक गीत ‘आउ साथी’ निर्माण गरिएको निर्माण कम्पनी साउण्ड मिलले जनाएको छ। गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार,पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिएका छन्।

यस गीतले समस्त अपांगता भएका अर्थात विशेष क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ।

विगत लामो समयदेखि सामाजिक रुपान्तरणका निमिक्त गीत–संगीतको माध्यमबाट योगदान पुर्याउँदै आएको स्टुडियो साउण्ड मिल र समाजसेवी एवं गीतकार नरेश प्रधानको सहकार्यमा म्युजिक भिडियोको निर्माण भएको हो।

निरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

भिडिओ विमललाल श्रेष्ठको परिकल्पनामा निर्माण भएको हो। भिडिओमा उषा रजक, रस्मी भट्ट, रक्षा थापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देव कुमार श्रेष्ठ, सविना थापा, विकास रिमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा समावेश गरिएको भिडिओलाई शरद महतोले छायाँकन गरेका हुन्।

भिडिओ

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily