+
Search

ताजा अपडेट +

पपुलर +

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

4KNationalDaily
२०७९ मंसिर २९, बिहीबार १४:०४ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।

महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily