+
Search

ताजा अपडेट +

पपुलर +

चर्चामा बेनिशाको ‘बोल्ड सिन’

4KNationalDaily
२०७९ पुष ७, बिहीबार १२:१९ बजे

काठमाडौँ- नेपाली फिल्म उद्योगमा खासै चम्किन नसकेकी नायिका हुन्– बेनिशा हमाल। उद्योगमा लामै समय बिताए पनि अझै उनी स्थापित हुने दौडमै छिन्। बेलाबेला बेनिशाको चर्चा भइरहन्छ। तर उनको कामको भने निकै कम चर्चा हुने गरेको छ।

केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’ प्रमोसनताका बेनिशाको निकै चर्चा थियो। फिल्मले राम्रो रेकर्ड राखेन, बेनिशाको चर्चा पनि सेलायो। तर उनले यो फिल्ममा दिएको हट अवतारको अहिले पनि चर्चा हुने गर्छ। फिल्ममा उनले अन्तरंग दृश्य खुलेर दिएकी थिइन्।

प्रेममा विरक्तिएकी बेनिशाको अन्तरंग दृश्य दर्शकले खुलेर हेर्न सकेनन्। करिअरलाई दौडाउने सोचमा रहेकी बेनिशाको करिअरले गति लिन सकेन।

फिल्मी बजारमा बेनिशाको पुनः चर्चा सुरु भएको छ। यसपटक पनि उनको बोल्ड सिनकै विषयमा चर्चा सुरु भएको हो। हिजो सार्वजनिक फिल्म ‘चिँ मुसी चिँ’को टिजरमै बेनिशाको अन्तरंग दृश्य छ।

यो फिल्ममा बेनिशासँगै ऋचा शर्मा र प्रियंकाका कार्कीले पनि अभिनय गरेका छन्। तर अन्तरंग दृश्यमा उनीहरु देखिँदैनन्। बेनिशाको एकपछि अर्को फिल्ममा अन्तरंग दृश्य देखिन थालेपछि फिल्मी बजारमा यस्ता दृश्यले बेनिशालाई नै किन खोज्छ भनेर चर्चा सुरु भएको छ।

अन्तरंग दृश्य बेनिशाको रोजाइ हो कि अन्तरंग दृश्यको रोजाई बेनिशा भनेर चर्चा सुरु भएको बजारमा बेनिशाले भनेकी छिन्, ‘खै, मेकरहरुले नै मलाई अन्तरंग दृश्यका लागि पर्फेक्ट देख्नुहुन्छ होला सायद।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily