+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे

4KNationalDaily
२०७९ पुष ७, बिहीबार १६:३५ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।

पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ । प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन् ।

त्यस्तै बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily