+
Search

ताजा अपडेट +

पपुलर +

१० वर्ष नेपाल आउन नपाउने गरी शोभराजलाई ‘डिपोर्ट’

4KNationalDaily
२०७९ पुष ८, शुक्रबार १७:३९ बजे

काठमाडौं– फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।

साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स पठाउनका अध्यागमनबाट शोभराजलाई विमानस्थल लगिएको हो।

आजै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो। उनी केहीदिन नेपाल बस्न चाहेका थिए। सुरक्षाको कारण देखाउँदै आजै डिपोट गर्न लागेको हो।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily