+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड

4KNationalDaily
२०७९ पुष १०, आईतवार १३:२० बजे

काठमाडौँ- नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटतिर लागेका छन्।

आइतवार बिहान बालुवारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका हुन्।

देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नमानेपछि दुई दलको वार्ता निष्कर्षविहीन भएको थियो। त्यसपछि प्रचण्ड दोस्रो तहका नेताहरुलाई बालुवाटारमै छाडेर बालकोटका लागि निस्किएका हुन्।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily