+
Search

ताजा अपडेट +

पपुलर +

सदीय दलको नेतामा निर्वाचित भएपछि पाण्डेले भने : सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं

4KNationalDaily
२०७९ पुष १३, बुधबार १७:४७ बजे

पाेखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। मंसिर ४ मा भएको चुनावमा पाण्डे गोरखा २ (२) बाट निर्वाचित भएका थिए।

कांग्रेस केन्द्रीय सदस्य रहेका पाण्डे सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन्।

दल नेताका लागि आज भएको चुनावमा पाण्डेले १८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै ल्याएका छन् भने एक मत बदर भएको छ। अर्याल संस्थापनइतर समूहका हुन्। उनी स्याङ्जा क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सांसद भएका थिए।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।

सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं

पाण्डेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको भन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

पाण्डेले सरकार निर्माणमा राप्रपा र एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका दीपक मनाङेको मुख्य भूमिका हुने बताए ।

‘कांग्रेसको नेतृत्वमा किन बन्न सक्दैन भने अहिले तत्काल भने यदि एमाले वा माओवादी हामीसँग मिलेमा मात्र सरकार बन्न सक्छ’ उनले भने, ‘ती दुई ठूलाबाहेक अरु दल मिलेर हाम्रो बहुमत आउँदैन ।’

पाण्डेले कसैको पनि बहुमत नआएमा मात्र ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व पाउने बताए । ‘समीकरण कसरी अगाडि बढ्छ भन्ने कुरा बाँकी रहेका एमालेबाहेकका दलमा निर्वाह गर्छ’ उनले भने ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

भिडियाे

@palikalivenp

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

♬ original sound – Palika Live – Palika Live

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily