+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी गाडीमा जीपीएस जडान गर्दै चन्द्रगिरि नगरपालिका

4KNationalDaily
२०७९ पुष १८, सोमबार २०:१० बजे

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका गाडीहरुमा जीपीएस ट्रयाकिङ उपकरण जडान गर्ने भएको छ ।

कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउने उदेश्यका साथ जीपीएस जडान गर्न लागिएको मेयर घनश्याम गिरीले जानकारी दिए ।

‘यो उपकरण जडान पछि बिदाका दिन सरकारी गाडीको प्रयोगमा नियन्त्रण आउने विश्वास लिएका छौं । साथै सरकारी गाडी चोरी हुँदा पनि तत्काल पत्ता लगाउन यसले सघाउँछ’ मेयर गिरीले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily