+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा प्रशासनकाे निर्देशन : नियम विपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्नु

4KNationalDaily
२०७९ पुष २३, शनिबार १६:५४ बजे

गोरखा– जिल्ला प्रशासन कार्यालय गाेरखाले जिल्लामा नियम विपरीत सञ्चादित क्रसर उद्याेग तत्काल बन्द गर्न निर्देशन दिएकाे छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासनले नियम विपरीत सञ्चालनमा रहेका जिल्लाका अवैध क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएकाे हाे ।

बिना दर्ता र नवीकरण एवं अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा वालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु शुक्रबारकै दिनबाट बन्द गर्न प्रशासनले निर्देशन गरेको छ ।

‘विभिन्न आयोजना बिकास तथा निर्माणको क्रममा सोही आयोजनाका लागी आवश्यक परिणाममा ढुङ्गा, गिट्टी, रोडा तथा वालुवा उत्खननको अनुमति प्राप्त उद्योग/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत बन्द गर्न यो सूचना प्रकाशित गरिएको हो’, प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

नियम विपरीत ढुंगा, गिट्टी, रोडा तथा वालुवा उत्खनन तथा दोहन गरेको पाइएमा कानुनी कारवाही गरिने चेतावनी दिइएको छ । जिल्लामा सञ्चालित सबै उद्याेग विना अनुमति सञ्चालन भइरहेकाे छन् ।

गत बुधबार गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियाे । गृह मन्त्रालयकाे निर्देशनपछि जिल्ला प्रशासनले जिल्लामा सञ्चालित क्रसर तत्काल बन्द गर्न निर्देशन दिएकाे छ ।

गोरखा नगरपालीका १० छेवेटारमा गोरखकाली क्रसर, पालुङटार नगरपालिका वडा न १ को माईमनकामना र सिम्रन क्रसर उद्योग तथा सिरानचोकको खहरेमा रहेको दरौंदी क्रसर उद्योग अवैध हुन् । अझ पछिल्लाे समय जिल्लाका चेपे, दाेराैंदीसहितका खाेलामा हाइड्रो पावर कम्पनीले समेत क्रसर सञ्चालन गरिरहेका छन् ।

याे पनि,

गोरखाका नयाँ सीडीयाे पौडेल भन्छन्– ‘कुनै प्रलोवनमा पर्दिँन,पर्छ भन्ने कसैले नसोचे हुन्छ’

ठेकेदार सांसद र मेयर ‘कनेक्सन’ : संरक्षणको नाममा अवैध उत्खनन्, जोखिममा दरौँदी पुल

चेपेमा अवैध दाेहन, रमिते स्थानीय सरकार !

गोरखा नगरपालिकामा अबैध धन्दा : ठेकेदारसँग खुलेआम ‘घुस’ माग्छन् प्रमुख प्रशासकिय अधिकृत

नारायणकाजीले भने – अवैध क्रसर तुरुन्त बन्द गरिन्छ

गण्डकीमा क्रसर उद्योगको मापदण्ड पालनामा कडाइ गरिने

दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार

नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily