+
Search

ताजा अपडेट +

पपुलर +

आहारारा पोखरा गोल्डकपको उपाधि संकटालाई

4KNationalDaily
२०७९ पुष २३, शनिबार १७:३८ बजे

पोखरा- पोखरामा सम्पन्न २२ औं संस्करणको आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अमेरिकाको भुटनिज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा प्रवेश गरेको थियो। जितका लागि अतिरिक्त समयमा संकटाका सुनिल बलले गोल गरेका थिए। यो जितसँगै संकटाले आहा–रारा गोल्डकपको उपाधि दोस्रोपटक हात पारेको हो।

संकटाका लागि खेलको आठौं मिनेटमा सुरज ज्यू ठकुरीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। यस्तै ३५ औं मिनेटमा मेसुके ओलुमोउले अर्को गोल थपे।

यसैगरी, खेलको ३७ औं मिनेटमा भुटनिजका तर्फबाट रेने साल्टिलोनले गोल गर्दै २–१ को स्थितिमा ल्याएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए।

अतिरिक्त समयकाे ११७ औं मिनेटमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन्। उपाधिसँगै संकटाले नगद पुरस्कार १२ लाख रुपैयाँ प्राप्त गरेको भने उपविजेता भुटनिजले ६ लाखमा चित्त बुझाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily