काठमाडौँ– अभिनेता प्रदीप खड्का बन्न लागेको नयाँ फिल्म ‘कामिनो’को शीर्ष भूमिकामा अभिनय गर्दै छन्। यो फिल्ममा अभिनेत्री वर्षा शिवाकोटीलाई प्रदीपको जोडी कलाकारका रुपमा भित्र्याउने तयारी भइरहेको छ। वर्षासँग फिलमको शीर्ष भूमिकाका लागि निर्माण टिमले कुरा गरिरहेको छ।
फिल्म निर्माण युनिटले फेसबुकमा वर्षासँगको तस्बिर सार्वजनिक गर्दै वर्षालाई भित्र्याउन लागेको जानकारी गराएका छन्। वर्षाले भने फिल्ममा काम गर्ने/नगर्ने निर्णय गरिसकेकी छैनन्।
फिल्म निर्माण टिमले वर्षालाई आफ्नो फिल्म खेल्न मनाउन वर्षासँग निरन्तर संवाद गरिरहेको बताइएको छ। वर्षा अहिले फिलमको स्क्रिप्ट पनि सुनिरहेकी छन्। उनलाई फिल्मका लेखक महेश दवाडीले स्क्रिप्ट सुनिरहेकी छन्।
वर्षा टिम, कथावस्तु र चरित्रका विषयमा सकारात्मक भए पनि निर्णय भने सुनाएकी छैनन्। वर्षाको मनस्थितिलाई हेर्ने हो भने वर्षा फिल्म निर्माण टिमसँग औपचारिक सम्झौता गर्ने तयारीमा छन्। वर्षाले फिल्मको अफर स्वीकार गरेको खण्डमा प्रदीपको जोडी बन्नेछिन्।
जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको युवाको संघर्षको कथामाथि बन्न लागेको फिल्म एक्सेस नेपाल फिल्मसको ब्यानरमा निर्माण हुनेछ। नेपालका र ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुने फिल्म दीपक वलीले निर्देशन गर्दै छन्।
प्रतिक्रिया