+
Search

ताजा अपडेट +

पपुलर +

आफूलाई विजयी गराउन उमेश श्रेष्ठको माग, आयोगले भन्यो : चितवन २ मा उपनिर्वाचनको विकल्प छैन

4KNationalDaily
२०७९ माघ २२, आईतवार १४:११ बजे

फाइल तस्बिर

काठमाडौं- चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दाेस्रो स्थानमा रहेका थिए । १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।

रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छन् । आइतबार आयोग गरेका उनको जिकिर छ, उहाँको निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ । मेरो दाबी हुनुपर्‍यो ।’

जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आयोगमा आफू गएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily