+
Search

ताजा अपडेट +

पपुलर +

लामिछानेले गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा, मन्त्रीलाई फिर्ता बोलायो

4KNationalDaily
२०७९ माघ २२, आईतवार १५:५४ बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले बाहिरिने निर्णय लिएको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ ।

पार्टी सभापति लामिछानेको नागरिकता निष्क्रिय भएसँगै गुमेको गृह मन्त्रालय फिर्ता गर्न सो दलले प्रधानमन्त्री प्रचण्डलाई गृह आफ्नै पार्टीलाई दिन दबाब दिँदै आएको थियो।

मन्त्रीलाई फिर्ता बोलायो

रास्वपाले मन्त्रीलाई फिर्ता बोलाएको छ। बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने र मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्।

मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily