+
Search

ताजा अपडेट +

पपुलर +

वर्षा शिवाकोटी सोध्छिन्– तपाईंहरू नि म जस्तै हो?

4KNationalDaily
२०७९ माघ २६, बिहीबार १४:३५ बजे

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी विवादमा आउन नचाहने कलाकार मध्येमा पर्छिन्।

उनी सामाजिक सञ्जालमा प्राय: समसामयिक विषयवस्तुमाथि वा विवादित विषयमाथि टिप्पणी गरिहाल्दिनन्। उनी फेसबुकमा आएका विभिन्न प्रतिक्रिया तथा पोस्टहरूचाहिँ गहिरोसँग नियाल्छिन्।

उनले सोमबार एक पोस्ट गरेकी छन्, जसमा आफ्ना जिज्ञासाहरूलाई पोखेकी छन्।

अभिनेत्री वर्षाले फेसबुकमा सामाजिक सञ्जाललाई अनौठो ठाउँ मान्दै फेसबुक स्टाटस लेखिन्। उनी लेख्छिन्, ‘कस्तो अनौठो ठाउँ है यो सामाजिक सन्जाल!’

उनी थप्छिन्, ‘धेरैजसो चिनेका मान्छेहरू छन् कोही जन्मदिनको शुभकामना दिन व्यस्त छन्, कोहीको विवाह हुँदैछ, खुसी मनाइरहेका छन्, कोही विदेशिँदै छन् त कोही नेपाल फर्किदै छन्, कोही आमा बुवासँग घुमेको डुलेको फोटो पोस्ट्याउँदै छन् त कोही शोकमा छन्। कोहीलाई भ्याइनभ्याइ छ काममा। त्यै नि पोस्ट गर्न चाहिँ भ्याउँछ्न्, कोही आलोचना मात्र गरेर बस्छ्न्, जति स्क्रोल गर्यो त्यति नयाँ नयाँ कुरा भेटिने, तर अरुको अनि कोही कोहीँ चाहिँ म जसरी अनेक कुरा मनमा राखेर सबै लुकीलुकी चुपचाप हेरिबस्ने!’

उनी अरुलाई प्रश्न गर्छिन्, ‘तपाईंहरू नि म जस्तै हो?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily