+
Search

ताजा अपडेट +

पपुलर +

कुशलको उत्कृष्ट शतकमा नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित

4KNationalDaily
२०७९ फाल्गुन २, मंगलवार १७:१७ बजे

काठमाडौं- ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले चेज गरेको र बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा पीएन्जी विरुद्ध त्रिवि मैदानमै नेपालले २८६ रन बनाएको थियो ।

नामिबियाविरुद्ध नेपालको जितमा ओपनर भुर्तेलले ११३ बल खेल्दै १० चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ११५ रनको शतकिय इनिङ इनिङ खेले ।

उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १३३ रनको साझेदारि गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालले गरेको ठूलो साझेदारि हो । यस्तै, उनले पाँचौ विकेटका लागि सन्दीप जोरा सँग ४९ रनको साझेदारी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily