+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति कांग्रेसबाट भएको समाचार सुन्नुहुन्छ : विश्वप्रकाश शर्मा

4KNationalDaily
२०७९ फाल्गुन ७, आईतवार १४:२७ बजे

सुर्खेत– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।

आइतबार सुर्खेतमा दलका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले चुनावका बेला भएको दलीय गठबन्धनका आधारमा कांग्रेसबाट राष्ट्रपति बन्ने दाबी गरे ।

उनले यसअघि सरकार बनाउँदा कांग्रेसको कमजोरीका कारण नेतृत्व गुमेपनि पुरानै दलीय सहमतिमा राष्ट्रपति बन्ने बताएका हुन् ।

‘सरकारको नेतृत्व गुमेकोमा अहिले कसैलाई दोष दिनु छैन, २५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ ।’

उनले केही सामान्य घटनाले एमालेसँग माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए ।

उनले कांग्रेस चुनावबाट सबैभन्दा ठूलो दल बनेर गएपनि सत्ता हातमा नभएपछि कार्यकर्तामा निराशा पैदा भएकोे बताए ।

‘चुनावबाट सबैभन्दा ठूलो दल बनेर जाने हातमा केही पनि नहुने, केन्द्रमा त भएन प्रदेशमा त हुनुपर्ने भन्ने कतिपयलाई लागेको छ,’ महामन्त्री शर्माले भने, ‘एक हिसाबले हामीबाट सत्ता गुमेको हो, तर अबको राष्ट्रपति काँग्रेसको बन्छ ।’

यस्तै, उनले सबैभन्दा ठूलो दल भएर जितेर जाने हातमा केही छैन शर्माले दुःखेसो पोखे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily